प्यारागन पब्लिक स्कुलको ‘स्पोर्टस् विक’ मंसिर २१ गतेदेखि सुरु भएको छ। विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन तथा आत्मविश्वास विकास गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम सप्ताहभर चल्नेछ।
उद्घाटन समारोहका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल बिना बानु तथा १३औँ साग गेमका दोहोरो स्वर्ण पदक बिजेता मन्डेकाजी श्रेष्ठ रहेका थिए।
विद्यालयले सबै कक्षाका विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै विभिन्न खेलकुद तथा टिम प्रतियोगिताहरू सञ्चालन गरिरहेको छ। फुटबल, बास्केटबल, क्रिकेट, टेबल टेनिस, ब्याटमिन्टनलगायतका खेलहरू समावेश कार्यक्रम २६ गतेसम्म सञ्चालन हुने बताइएको छ।