बर्दियामा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी शुभकालिका गाउँपालिकाका–३, कालिकोटका २५ वर्षीय राजा आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बर्दियाले जनाएको छ।
शनिबार दिउँसो १२ बजेतिर बढैयाताल गाउँपालिका–३, पुष्पनगरस्थित हुलाकी सडकखण्डमा कार र मोटरसाइकल आपसमा ठोक्किएका थिए। सो क्रममा मोटरसाइकलचालक आचार्य गम्भीर घाइते भएका थिए भने मोटरसाइकलको पछाडि बसेकी २३ वर्षीया निर्मला धिताल घाइते भएकी थिइन्।
घाइते आचार्यको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका नायब निरीक्षक तथा सूचना अधिकारी राघवसिंह राठौर जानकारी दिए।