रिलायन्स फाइनान्स १६औँ वर्षमा प्रवेश

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

रिलायन्स फाइनान्स लिमिटेड स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ। नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएकाे यस संस्थाले कमलादीमा आफ्नै भवनमा केन्द्रीयसहित शाखा कार्यालय राखी कारोबार गर्दै आएको छ।

संस्थाले केन्द्रीय कार्यालयसहित काठमाडौंको न्युरोड, सीतापाइला, ललितपुरको इमाडोल,  चितवनको नारायणघाट, कास्कीको महेन्द्रपुल, लमजुङको बेँसीसहर, काभ्रेपलाञ्चोकको बनेपा, धादिङको धादिङबेँसी, गोरखाको गोरखा बजार, रुपन्देहीको भैरहवा, मणिग्राम र बुटवल, कैलालीको धनगढी, कञ्चननपुरको महेन्द्रनगर, बाँकेको कोहलपुर, कैलालीको अत्तरिया, झापाको दमक, बिर्तामोड, चारआली र  धुलाबारी, चितवनको टाँडीमा गरी जम्मा २२ वटा शाखा कार्यालय खोलर  कारोबार गर्दै आएको छ।      

संस्थाको १६औँ वार्षिकोत्सवको अवसरमा संस्थाले ‘संस्थागत सामाजिक उत्तरदायित्व’अन्तर्गत बालाजु काठमाडौंमा रक्तदान कार्यक्रमसमेत गरेको छ । त्यस्तै, विपन्न वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा तथा त्यस्ता क्षेत्रमा संलग्न तथा क्रियाशील संस्थाहरूका लागि सहयोग गरी सामाजिक कार्यमा सहभागिता जनाउने क्रममा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका– ६ गोसाइँस्थानस्थित संस्कृत भाषा निःशुल्क रूपमा अध्यापन गराउने नैमिषारण्य संस्कृत गुरुकुलममा अध्ययनरत विद्यार्थीलाई स्टेसनरी तथा मसलन्द सामानहरू वितरण गरेको छ । 
 

सुझावित समाचार