सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी ट्याब ए ११ प्लस

शुक्रबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

सामसङले नेपालमा नयाँ ग्यालेक्सी ट्याब ए ११ प्लस औपचारिक रूपमा सार्वजनिक गरेको छ। विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो ट्याबलेटमा स्मार्ट एआई  क्षमता, शक्तिशाली पर्फर्मेन्स र प्रिमियम मेटल फिनिसको आकर्षक संयोजन रहेको  जनाइएको छ।

अपग्रेड गरिएको डिस्प्ले, क्वाड स्पिकर, मजबुत मल्टिटास्किङ र दीर्घकालीन सफ्टवेयर अपडेट समर्थनले ट्याब ११ प्लसलाई एक सुलभ मूल्यमा उन्नत अनुभव प्रदान गर्न सक्षम बनाउने सामसङको विश्वास छ । 

सुझावित समाचार