बागलुङ नगरपालिकाले आयोजना गरेको तेस्रो मेयरकप फुटबलको उपाधि आयोजक बागलुङ नगरपालिका निलोले जितेको छ। बागलुङले पर्वतको पैयुँ गाउँपालिकालाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
बिहीबार भएको फाइनल खेलमा बागलुङ नगरपालिकाको तर्फबाट ह्याट्रिक गरेका मनीष ठकुरी उत्कृष्ट खेलाडी घोषित भए। बागलुङको लागि चौथो गोल इन्जुरी समयम राजीव श्रीसले गरेका थिए।
प्रतियोगिताको उपाधि विजेता बागलुङले तीन लाख ३३ हजार रुपैयाँ तथा उपविजेता पैयुँले दुई लाख २२ हजार रुपैयाँ पाए। विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गरे।