चितवनको खराब सुरुवात, पावरप्लेमा तीन विकेट गुमाएर ३६ रन जोड्यो

बिहिबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण
चितवनको खराब सुरुवात, पावरप्लेमा तीन विकेट गुमाएर ३६ रन जोड्यो

फाइल तस्बिर

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबार सुदूरपश्चिमविरुद्ध जारी खेलमा चितवनले खराब सुरुवात गरेको छ।

१७० रनको लक्ष्य पछ्याएको चितवन राइनोजले पावरप्लेमा तीन विकेट गुमाएर मात्र ३६ रन जोडेको छ। सुदूरपश्चिम रोयल्सले पावर प्लेमा एक विकेटको क्षतिमा ४६ रन जोडेको थियो।
ओपनर डबिड मलान नौ बलमा मात्र ६ रन बनाएर आउट भए। उनलाई दीपेन्द्रसिंह ऐरीले आफ्नै बलिङमा रन आउट गरेका हुन्।

अर्का ओपनर अर्जुन साउद १५ बलमा १६ रन जोडेर आउट भए। ऐरीको बलिङमा उनलाई स्कट कुगुलेइनले क्याच आउट गरे।

चितवनले तेस्रो विकेटका रूपमा सैफ जैबलाई गुमायो। जैब आठ बलमा ६ रन जोडेर पेभेलियन फर्किए। उनलाई हिक्मत महराको बलमा आरिफ शेखले क्याच आउट गरेका हुन्।
 

सुझावित समाचार