आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन्।
जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ३० वर्षीय राजकुमार साहले छुरा प्रहार गर्दा भाइ २८ वर्षीय श्रवण साहको मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रवणलाई उपचारका लागि अस्पताल लगिए पनि राति नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार छुरा प्रहार गर्ने राजकुमार भारततर्फ फरार भएका छन्। उनको खोजी तीव्र रूपले भैरहेको प्रहरीले बताएको छ।