विराटनगर इन्टरनेटसनल कलेज (विक)को दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजको यस वर्ष (२०२५) को दीक्षान्त समारोहबाट ६४ विद्यार्थी दीक्षित भई स्नातक उपाधिप्राप्त गरेका छन् ।
तीमध्ये ५४ जना इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र १० जना इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट विषयमा दीक्षित भएको कलेजले जनाएको छ । दीक्षित विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करिअर यात्रा अघि बढ्नेछन् ।
समारोह इन्नोभेट नेपाल गु्रप (आइएनजी)का संस्थापक एवं अध्यक्ष शुलभ बुढाथोकीले दीक्षित विद्यार्थीलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न शुभकामना दिए ।
साथै, कलेज व्यवस्थापन समूहले दीक्षित विद्यार्थीले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरका क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास लिएको छ ।