जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका सीमानाकामा कडाइ गरेको छ। प्रशासनले सुरक्षा सतर्कता बढाउँदै नेपाल–भारत सीमामा कडाइ गरेको हो।
जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै परिचय नखुलेका व्यक्ति अवैध ढंगबाट जिल्लाभित्र प्रवेश गर्न सक्ने भन्दै सीमामा कडाइ गरिएको जनाएको छ।
जिल्लाभित्र शंकास्पद व्यक्ति प्रवेश गरेको अवस्थामा नजिकको सुरक्षा निकायमा खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ। परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गर्न नदिन र कुनै कामकाजमा नलगाउन पनि प्रशासनको आग्रह छ।