नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएको जानकारीसहितको पत्र पठाएका हुन् ।
कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका छन् । उनले हालसम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।