नक्कली नोटसहित तीनजना पक्राउ

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

मठिया प्रहरी चौकी महुलिया र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मठिया रौतहटबाट संयुक्त रूपमा खटिएको प्रहरीले ११८ थान (एक हजार दरका) नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। 

मंगलबार साँझ गस्तीमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५ एटी०९८३ नम्बरको मोटरसाइकल चेकजाँचका गर्दा मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्न खोज्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर खानतलास गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा रौतहट देवाही गोनाही नगरपालिका–४ का २० वर्षीय अजय पटेल, सोही नगरपालिकाका २१ वर्षीय गेनालाल पटेल र भारत विहार पूर्वी चम्पारण–२ कुडवा चैनपुरका २३ वर्षीय जयप्रकाश कुमार रहेका छन्।

उनीहरूको साथबाट नक्कली नोटसहित मोटरसाइकल र तीन थान मोबाइल सेट पनि बरामद गरेको प्रहरीको भनाइ छ। 
 

सुझावित समाचार