मेटलाइफ नेपालले आफ्नो डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यका साथ डिजिटल प्लेटफर्म बिमा गोजीमामार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्ट प्रालिसँग साझेदारी गर्दै मोबाइल एपबाटै सहज रूपमा खरिद गर्न सकिने विशेष बिमा सुरक्षा प्याकेजहरू सार्वजनिक गरेको छ।
यस साझेदारीमार्फत बिमा गोजीमा सदस्यहरूका लागि विशेष रूपमा तयार गरिएको सरल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुनेछ। केही आधारभूत केवाइसी विवरण भरेर नै ग्राहकहरूले आफ्नो फोनबाटै आवश्यक बिमा सुरक्षा छान्न र खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
प्याकेजमा टर्म लाइफ इन्स्योरेन्स, एक्सिडेन्टल डेथ एन्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, क्रिटिकल इलनेस कभर (योजनामा समावेश गम्भीर रोग पुष्टि भएमा आर्थिक सहायता) र एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट (दुर्घटनाका कारण भएको उपचार खर्च कभर) सुरक्षा समावेश छ।
ग्राहकहरूले स्ट्यान्डअलोन टर्म लाइफ योजना वा आफ्ना आवश्यकताअनुसार टर्म लाइफ + एक्सिडेन्टल डेथ एन्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, टर्म लाइफ + क्रिटिकल इलनेस, वा टर्म लाइफ + एक्सिडेन्टल डेथ एन्ड पर्मानेन्ट टोटल डिसएबिलिटी + क्रिटिकल इलनेस + एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्टजस्ता मिश्रित प्याकेजहरू छान्न सक्छन् ।