देशलाई नयाँ शासन प्रणालीमा लैजान नेकपाको उदय : नेता श्रेष्ठ

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको शासन प्रणालीलाई रूपान्तरण गर्नका लागि नेपाली कम्युनिस्ट पार्टी बनेको जिकिर गरेका छन्।

सोमबार विराटनगरमा भएको पार्टीको कोशी प्रदेशस्तरीय एकता सन्देश सभामा नेता श्रेष्ठले संविधानको रक्षा गर्दै देशलाई समयानुकूल नयाँ शासकीय प्रणालीमा लैजान कम्युनिस्टहरूको एउटै केन्द्र बनेका रूपमा नेकपा उदाएको बताए।

सबै कम्युनिस्टहरू दिगो रूपमा एक भए मात्र देशमा चाँडै समाजवाद आउने उनको भनाइ छ। देशलाई गम्भीर संकटबाट जोगाउन सबै पार्टीका क्रान्तिकारीहरू एकता प्रक्रियामा आउनुपर्नेमा उनले जोड दिए।

संघीय गणतान्त्रिक नेपालको संविधान हजारौँ जनताको बलिदान र संघर्षले प्राप्त भएको उल्लेख गर्दै नेता श्रेष्ठले संविधानको रक्षा र संशोधन गरेर नयाँ शासकीय संरचनामा लैजानु आजको मुख्य कार्यभर रहेको प्रस्ट्याए।

सुझावित समाचार