भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

भूमि समस्या समाधान आयोग खारेज नहुने भएको छ। आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सोमबार रिट जारी हुने फैसला सुनाएको छ। 

आयोगका अध्यक्ष हरिप्रसाद रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मागअनुसार रिट जारी हुने फैसला भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए। 

गत २३ असोजमा सरकारले आयोग खारेज गर्ने निर्णय गरेको थियो। सर्वोच्चको आदेशसँगै आयोगका केन्द्रीय पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको जागिर पनि जोगिएको छ। 

सुझावित समाचार