पूर्वराज्यमन्त्री विक सांसददेखि महाधिवेशन प्रतिनिधिसम्म दलित कोटामा

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा  एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा बर्दियाबाट केपी ओलीनिकट मानिएकी पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री  विमला विक दलित कोटामा महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । 

दलित महिला कोटाबाट सांसद हुँदै मन्त्री भएकी विक महाधिवेशनमा केन्द्रीय सदस्य बन्नका  लागि दलित कोटाबाट महाधिवेशन प्रतिनिधि भएकी हुन् । १०औँ महाधिवेशनपछि विक पार्टीको निर्वाचन आयोग सदस्य भएकी थिइन् । 

महाधिवेशन प्रतिनिधि हुन पूर्वराज्यमन्त्री विक, चन्द्रा विक,  जिती विक, बिरमा विक र विवहा विकले उम्मेदवारी दिएका थिए । जसमध्ये बिरमा र विवहा पूर्वराज्यमन्त्री विकका दिदी हुन् । पार्टीभित्र दलित महिला कोटाबाट विकले अवसर पाउँदै आएको भए पनि महाधिवेशनमा जानसमेत दलित कोटा ने रोजेकी थिइन् ।

महाधिवेशनमा जान उम्मेदवारी दिएकी जिती विकले पार्टी नेताहरूले  विमला विक महाधिवेशनमा गएपछि केन्द्रीय सदस्य हुने सम्भावना छ भनेपछि महाधिवेशन जाने चाहना हुँदाहुँदै पनि आफूले छोडेको महाधिवेशनमा जानका लागि उम्मेदवारी दिएकी जिती विकले बताइन् ।

पार्टीले महाधिवेशन प्रतिनिधिमा जान चाहने प्रतिनिधिको बिचबाट सहमतिका लागि एउटा कार्यदल गठन भएको नेकपा एमाले बर्दियाका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पार्टी कठिन अवस्था गुज्रिरहेको हुँदा महाधिवेशनमा जाँदा सहमतिमा जाने सहमति भएको थियो । त्यसका लागि उम्मेदवारी दिने नेताहरूबिच बनेकाे सहमतिमा एउटा कार्यदल गठन भएको थियो । कार्यदल गठन हुँदा एउटा सहमति भएको थियो । सहमतिअनुसार उम्मेदवारी दिने उम्मेदवारमध्ये कोही सम्पर्कमा र सहमतिका आधारमा महाधिवेशन प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको थियो । त्यही अधिकारको प्रयोग गरेर कार्यदलले महाधिवेशन प्रतिनिधिमा जानका लागि प्रतिनिधिको नाम सिफारिस गरेको हो ।’

त्यसैगरी कार्यदलको सिफारिसमा महाधिवेशनमा प्रतिनिधि हुनेमा नेकपा एमाले बर्दियाका अध्यक्ष एवं कार्यदल सदस्य शालिकराम अधिकारी, नेकपा एमाले बर्दियाका निवर्तमान अध्यक्ष एवं कार्यदल सदस्य लालबहादुर श्रेष्ठ रहेका छन् भने नेकपा एमाले बर्दियाका उपाध्यक्ष दुर्गा वली, सचिव पदम ढकाल, उपसचिव संगीता चौधरी, लुम्बिनी प्रदेश सदस्य धननारायण श्रेष्ठ र कृष्णा गुरुङ रहेका छन् । 

यसैगरी, नेकपा एमाले सचिवालय सदस्य भरत धामी, जिल्ला कमिटी सचिवालय सदस्य  एवं बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, जिल्ला कमिटी सदस्य मेनका पोखरेल, राजकुमार चौधरी महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् । जिल्लास्तरको दलित क्षेत्रबाट भूपेन्द्र सेरला पनि दलित कोटामा महाधिवेशन प्रतिनिधि चयन भएको प्रतिनिधि सभा १ का निर्वाचन संयोजक नरेन्द्र कोइरालाले जानकारी दिए । 

कार्यदल संयोजकमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सदस्यमा केन्द्रीय सदस्य खड्कबहादुर खड्का, बर्दिया पार्टी अध्यक्ष शालिकराम अधिकारी र निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ रहेका छन् । यसैगरी कार्यदलको सिफारिसमा निर्वाचनमण्डलले शनिबार महाधिवेशनमा प्रतिनिधि जाने १५ जनाको नाम सार्वजनिक  गरेको थियो ।

सुझावित समाचार