श्रीलंकामा बाढीपहिरो, १९३ जनाको मृत्यु

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा १९३ जनाको मृत्यु भएको छ । विगत केही दिनयताको अविरल वर्षा र त्यसपछिको बाढीमा परेर २०० भन्दा बढी मानिस हराइरहेका छन् । श्रीलंका वर्षौँको सबैभन्दा खराब मौसमी प्रकोपसँग जुधिरहेको छ । 

बाढीले २० हजारभन्दा बढी घर ध्वस्त भएका छन्, जसका कारण एक लाख आठ हजार मानिसलाई राज्यद्वारा सञ्चालित अस्थायी आश्रयस्थलमा पठाइएको छ । चक्रवात डिटवाहपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको कारण देशको लगभग एकतिहाइ भाग बिजुली र पिउनेपानीविहीन बनेको छ । केलानी नदीको पानीको स्तर दु्रत गतिमा बढ्दै गएपछि केही क्षेत्र खाली गर्ने आदेश दिइएको छ ।

सबैभन्दा धेरै मृत्यु क्यान्डी र बदुल्लामा भएको छ, जहाँ धेरै मानिस सम्पर्कविहीन छन् । ‘हामीले हाम्रो गाउँमा दुई जना गुमायौं । अन्य मानिस मन्दिर र घरमा आश्रय लिइरहेका छन्,’ मस्पन्नाको बदुल्ला गाउँका समन कुमाराले भने, ‘हामी गाउँ छोड्न सक्दैनौँ र कोही पनि भित्र आउन सक्दैन, किनभने सबै सडक पहिरोले अवरुद्ध छन् । त्यहाँ खाना छैन र पिउनेपानीको अभाव छ,’ उनले भने । पीडितहरूमा एउटा वृद्धाश्रमका ११ बासिन्दा पनि छन् । 

सुझावित समाचार