सुनको मूल्य फेरि तोलाको दुई लाख ५० हजार नाघ्यो

शुक्रबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ। 

तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार चार सय रुपैयाँ घटेर दुई लाख ४८ हजार चार सय रुपैयाँमा झरेको थियो। 

गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। विगत केही दिनदेखि चाँदीको मूल्य निरन्तर बढिरहेको छ। 

सुझावित समाचार