मासुम विष्टको ‘ए रूपा’ लोकदेउडा बजारमा

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिमका युवा कलाकार मासुम विष्टले ‘ए रूपा’ नामक लोकदेउडा बजारमा ल्याएका छन्। कञ्चनपुर भीमदत्त नगरपालिका– ६, ऐठपुरका युवा कलाकार विष्टले ‘ए रूपा तेरो लेहेंगा जबर्जस्त छ’ बोलको लोकदेउडा गीत बजारमा ल्याएका हुन् । 

दुई दशकभन्दा बढी समयदेखि कलाकारिता क्षेत्रमा रहेका  विष्टले आफ्नै शब्द, लय, संगीतमा उक्त गीत ल्याएका हुन्। सुदूरकै स्थानीय पर्यटकीय क्षेत्रमा छायांकन गरिएको उक्त गीत विष्टकै निजी युटुब च्यानलमा राखिएको छ। 
 

सुझावित समाचार