जनकपुरलाई जितका लागि २४ बलमा ६५ रन आवश्यक

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सलाई पोखरा एभेन्जर्सविरुद्ध जितका लागि चार ओभरमा ६५ रन आवश्यक छ ।

पोखराले पहिलो ब्याटिङ गरी ६ विकेटको नोक्सानीमा १५५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले १६ ओभरसम्म आठ विकेट गुमाएर ९१ रन जोडेको छ । जनकपुरका लागि क्रिजमा वाने पार्नलले २५ बलमा २३ रन बनाएर खेलिरहेका छन् । उनले समान एक चौका र छक्का प्रहार गरेका छन् ।

जनकपुरको कमजोर ब्याटिङ प्रदर्शनमा विपिन खत्रीले घातक बलिङ गरेका थिए । उनले चार ओभरमा १५ रन खर्चेर चार विकेट लिए । यसैगरी सुमती बर्माले १९ रनमा दुई विकेट हात पारे ।

ब्याटिङमा शून्य रनमा आउट भएका पोखराका कप्तान कुशल भुर्तेलले तीन अोभरमा १३ रन खर्चेर एक विकेट हात पारे । न्युजिल्यान्डका जिमी निसिमले १ ओभरमा ५ रन दिएर एक विकेट आफ्नो नाममा लेखाए ।

जनकपुरको ब्याटिङमा ओपनर माज सादकतले १४ बलमा २० रन, आसिफ सेख ९०० रन, सुभ कंसाकरले चार रन, जान निकोलले २ रन, कप्तान अनिल शाहले एक रन बनाए ।

सुझावित समाचार