दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल बनायो।
पोखराका लागि सुमित बर्माले नटआउट अर्धशतक बनाए। उनले २९ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५० रन जोडेका हुन्।
यसैगरी, दिनेश खरेल ३८, तृतराज दास २९ र एडम रोसिङ्टन २४ रन बनाएर आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले तीन विकेट लिँदा ललित राजवंशी र अनिल शाहले समान एक विकेट हात पारे।