ठमेलबाट १३ जना पक्राउ

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

ठमेल क्षेत्रमा पर्यटकलाई हैरानी गरेको तथा जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने गतिविधिमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ परेका छन्। ठमेल पर्यटन परिषद्को समन्वयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा ११ पुरुष र दुई महिला छन्। स्थानीयको गुनासाेको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए। 

सुझावित समाचार