नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएको समूह काठमाडौंमा भेला भएकाे छ। विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले राष्ट्रिय सभागृहमा विशेष सभा आयोजना गरेको हो।
सभाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई ‘अल्टिमेटम’ दिने बताइएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै छ।