सामसङ नेपालले जाडो यामका लागि ‘वार्म विन्टर अफर’ घोषणा गरेको छ । शुक्रबारदेखि लागू भइसकेको यो अफर आगामी जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेल स्टोरमा लागू हुनेछ । यसअन्तर्गत ग्राहकले वासिङ मेसिन र रेफ्रिजेरेटर किन्दा आकर्षक क्यासब्याक, छुट तथा सहज फाइनान्स सुविधा पाउनेछन् ।
कम्पनीका अनुसार सात किलोदेखि १२ किलो क्षमतासम्मका एआई इकोबबल वासर ड्रायर, फ्रन्ट लोडलगायतका वासिङ मेसिनमा २३ प्रतिशतसम्म तत्कालै क्यासब्याक पाउन सकिनेछ । त्यसैगरी, सिंगल–डबल डोर, साइड बाई साइड रेफ्रिजेरेटरमा अधिकतम १७ प्रतिशत क्यासब्याक प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
सामसङका वासिङ मेसिन तथा रेफ्रिजेरेटरमा प्रयोग भएको डिआइटी मोटरमा २० वर्षको वारेन्टी रहेको र सबै मोडेलमा नि:शुल्क इन्स्टलेसन सेवा प्रदान गरिने बताइएको छ ।