लोकप्रिय बन्दै एलजी वाटर प्युरिफायर

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको छ । उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिलको ट्यांकी र निःशुल्क मर्मत–सम्भार सुविधासहित बजारमा आएको यस उपकरणले उत्साहजनक बिक्री हासिल गरेको कम्पनीले जनाएको छ । 

दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गरी कम्पनीले आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको सुविधा पनि उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार एलजी वाटर प्युरिफायरमा पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्ने बहुचरणीय शुद्धीकरण प्रणाली जडान गरिएको छ । यसमा गेग्य्रान छान्ने प्रविधि, खनिज जम्न नदिने प्रक्रिया, कार्बन छान्ने प्रविधि, रिभर्स अस्मोसिस (आरओ) र खनिज थप्ने तथा अन्तिम चरणमा पानी छान्ने प्रविधि समावेश छन् ।

यसको आठ लिटर क्षमताको ट्यांकीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्न सक्ने कम्पनीको भनाइ छ । त्यस्तै, ट्यांकी हावारहित ढकनी र लक गर्ने प्रणाली राखिएको छ । यसले बाहिरको धुलो तथा दूषित पदार्थ ट्यांकीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्छ ।

एलजी वाटर प्युरिफायरको अर्को विशेषता पहिलो वर्षमा दुईपटक उपलब्ध हुने निःशुल्क मर्मत–सम्भार सेवा हो । यसअन्तर्गत दुईपटक स्वचालित सेवा भ्रमण, दुईपटक प्रत्यक्ष सम्पर्कविनाको मर्मत–सम्भारसहित डिजिटल निर्जीवाणु उपचार सेवा र दुईपटक बाहिरी गेग्य्रान छान्ने फिल्टर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सुझावित समाचार