आर्या फार्मा र क्यानबिच सहकार्य

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ औषधि उत्पादक कम्पनी आर्या फार्मा ल्याबले नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य गर्ने भएको छ । कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल प्रिमियर लिग (एनपिएल)को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने गरी क्यानसँग सम्झौता गरेको हो ।

त्यसैगरी, कम्पनीले खेलाडीलाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । साथै, प्रत्येक खेलमा एकजना दर्शकलाई २० हजार रुपैयाँको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिने बताइएको छ । 

सुझावित समाचार