सुनको मूल्य एकै दिन पाँच हजार रुपैयाँले बढ्यो

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा पाँच हजार दुई सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा दुई लाख ४२ हजार सात सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य ८५ रुपैयाँले बढेर तीन हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी प्रतितोला तीन हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

सुझावित समाचार