कुमारी बैंक र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडबिच छुट सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शनजंग राणा र केबलकारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यससँगै बैंकका ग्राहकले केबलकारबाट प्रदान गरिने विभिन्न सेवामा १३ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस्तो छुट केबलकार टिकट, स्काई साइक्लिङ र जिपलाई टिकट तथा डाइभ इन रेस्ट्रोमा हुने बताइएको छ ।
बैंकले नेपाभरका तीन सय दुई शाखा सञ्जाल, तीन सय १७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।