कृषि मेला सञ्चालन गर्न कार्यसम्पादन समिति गठन

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

बुटवलमा आगामी १४ देखि १८ माघसम्म हुने कृषि मेला सञ्चालन गर्न कार्यसम्पादन तथा सचिवालय समिति गठन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष कृषि मेला गर्दै आएको छ । 

उक्त मेला सञ्चालनका लागि सोमबार बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समितिसहित सचिवालय समिति गठन गरेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए । उनका अनुसार कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहेका छन् । मेला मुल्यांकन समितिको संयोजकमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यसम्पादन समितिको सहसंयोजकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपसंयोजकमा उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई तथा सदस्य सचिवमा महासचिव मुक्तिप्रसाद अधिकारी रहेका छन् ।

सुझावित समाचार