नेकपा र श्रेष्ठ नेतृत्वको जसपाकाे एकता घाेषणा सभा ११ मंसिरमा

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबिच मंसिर ११ गते बिहीबार एकताको औपचारिक घोषणा हुने भएको छ। मंसिर १० गते हुने भनिएको एकताको घोषणासभा एक दिन पर सरेको हो।

देशका विभिन्न भागमा रहेका नेता एवं अगुवा कार्यकर्ताहरूले आफूहरू पनि घोषणासभामा सहभागी हुने बताएपछि उनीहरूकै आग्रहमा कार्यक्रम एक दिनका लागि सारिएको जसपाका नेता दुर्गा सुवेदीले बताए।

सुवेदीका अनुसार घोषणासभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा १ बजे सुरु हुनेछ। एकता सभालाई भव्य बनाउन मंसिर १० गते सोह्रखुट्टेस्थित नेपाः राष्ट्रिय बैंकेटमा जसपाका नेता तथा कार्यकर्ताहरूको भेला आयोजना गरिएको छ।

एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

सुझावित समाचार