पाकिस्तानी क्रिकेटर बाबर आजमले भारतीय क्रिकेटर विराट कोहलीले टी–२० इन्टरनेसनलमा राखेको रेकर्ड भेट्टाएका छन्। टी–२० इन्टरनेसनलमा सबैभन्दा धेरै अर्धशतकको रेकर्ड उनले आइतबार भेट्टाएका हुन्।
कोहलीले टी–२० इन्टरनेसनलमा ३८ अर्धशतक बनाएका थिए। बाबरको पनि ३८ पुगेको छ। आइतबार जिम्बावेविरुद्धको खेलमा उनले ५२ बलमा ७४ रन हाले।
विराटले ११७ इनिङ मात्र खेलेको छन् भने बाबरले १२७ इनिङमा यो रेकर्ड पूरा गरेका हुन्। टी–२० इन्टरनेसनलमा सर्वाधिक रन बनाएको विराटको रेकर्ड पनि यसअघि बाबरले तोडिसकेका छन्। विराटले टी–२० इन्टरनेसनलबाट अवकाश लिइसकेका छन्।
बाबरले टी–२० इन्टरनेसनलमा ४३९२ रन बनाएका छन् भने विराटको ४१८८ रन छ। तेस्रो स्थानमा भारतकै रोहित शर्मा छन् र चौथो स्थानमा पाकिस्तानमा मोहम्मद रिजवान छन्। रोहितको ४२३१ र रिजवानको ३४१४ रन छ।