नेपालसहित दक्षिण एसियाबाट नयाँ सामाजिक सञ्जाल सार्वजनिक हुँदै

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

भारतको आइटी कम्पनीको अगुवाइमा नेपाल, श्रीलंका र बंगलादेशसहित दक्षिण एसियाका देशहरूबाट ‘जेक्टोर’ नामक समाजिक सन्जाल एप सार्वजनिक हुन लागेको छ। आइटी कम्पनीका प्रतिनिधिहरूले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै ‘जेक्टोर’  नाम सामाजिक सन्जाल एप सार्वजनिक गर्न नेपालसहितका देशहरूमा दर्ताको प्रक्रिया अगाडि बढेको जनाएका छन्। 

प्राविधिक रूपमा सम्पूर्ण काम सकिएपछि भारतमा हाल उक्त एप परीक्षणका लागि प्रयोगमा समेत ल्याइसकिएको छ। नेपालसहित श्रीलंका र बंगलवादेशमा  ‘जेक्टोर’ नामक सामाजिक डिजिटल प्लेटफर्म एक महिनाभित्र ल्याउने तयारी  छ। कम्पनीले ‘जेक्टोर’लाई व्यवहार ट्र्याकिङ नगर्ने तथा प्रयोगकर्ताकेन्द्रित सुरक्षा संरचनामा आधारित ‘स्वतन्त्रता डिजाइन गरिएको प्लेटफर्म’का रूपमा प्रस्तुत गरेको छ। 

कम्पका अनुसार जिरो नलेज प्रविधिअन्तर्गत सबै व्यक्तिगत सन्देश, मिडिया तथा गतिविधि यति कडा इनक्रिप्टेड हुन्छन्, जसमा प्लेटफर्म स्वयंको पनि पहुँच पुग्दैन। मुख्य धारका कुनै सामाजिक सञ्जालले यस्तो प्रविधि नअपनाएको कम्पनीको दाबी छ।
महिलाको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै फोटो-भिडियो डाउनलोड गर्न नपाइने, नग्नता वा हानिकारक सामग्री पहिचान गरी एआईले तुरुन्तै रोक्ने तथा ठगी वा ब्ल्याकमेलिङ चेनलाई संरचनागत रूपमा अवरुद्ध गर्ने सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

सुझावित समाचार