जाडोलाई लक्षित गर्दै माइडियाले ल्यायो पिटिसी सेरामिक हिटर

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्रान्ड माइडियाले नेपाली बजारमा पिटिसी सेरामिक हिटर सार्वजनिक गरेको छ । नेपालका लागि माइडिया ब्रान्डका उत्पादन तथा बिक्री–वितरण गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले दुई हजार वाटको पिटिसी सेरामिक हिटर ल्याएको हो । 

यस हिटरमा पिटिसी सेरामिक हिटर टेक्नोलोजी प्रयोग गरिएको छ । ओभरहिट प्रोटेक्सन तथा टिप–ओभर प्रोटेक्सन सुविधाले तापक्रम धेरै हुँदा वा उपकरण ढल्किएको अवस्थामा स्वत: सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ । 

हिटरमा मल्टिपल टेम्पे्रचर छनोट सुविधाले आवश्यकताअनुसार तापमान मिलाउन सकिनेछ । साथै, यो हिटर समय सेट गरी सहज रूपमा सञ्चालन गर्न सकिने बताइएको छ । यो मोडेललाई अझ सहज र सुविधाजनक बनाउन रिमोट कन्ट्रोल पनि छ ।

यसको सहयोगमार्फत ग्राहकले टाढैबाट हिटरका सबै आवश्यक सेटिङ सहज रूपमा नियन्त्रित गर्न सक्नेछन् । माइडियाका गिजर तथा हिटिङ उत्पादनमा मोडेलअनुसार वारेन्टी उपलब्ध रहेको र सबै उत्पादनहरू अन्तर्राष्ट्रिय सुरक्षा–मानकअनुसार तयार गरिएको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार