शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको निर्देशन

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा बुधबार भएको घटनामा चासो देखाएको छ। उक्त घटनाको अनुगमन गरिरहेको जनाउँदै आयोगले यस्ता घटनाले निर्वाचनको सहज वातावरण बन्न नसक्नेतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

‘देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणासमेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्तिसुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ।

शान्तिसुरक्षाको स्थितिलाई मजबुत बनाउन, यस्ता घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरण सिर्जना गर्न, घटनाको छानबिन गर्न एवं घाइतेहरूको उपचारको व्यवस्था मिलाउन आयोगले सरकारलाई निर्देशन दिएको छ।

सुझावित समाचार