कोल्टीको दानसाँघुमा बेलिबृज शिलान्यास

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

‎बाजुराको पुर्वीउत्तरी क्षेत्रमा बुढीनन्दा नगरपालिकाको दासाँघुमा बेलिबृज शिलान्यास भएकाे छ । बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले आज बेलिबृजको शिलान्यास गरेका हुन् । 

नगर प्रमुख जनक बोहराले आफू पालिकाको कामले काठमाडौंमा भएकाले उपस्थिति हुन नसके पनि उपप्रमुखद्वारा बेलिवृज शिलान्यास भएकाे बताए । अबको दुई तीन महिनामै जंडाङ्गामा २-३ बर्षदेखि प्रयोगविहीन बेलिबृज दानसाँघुमा स्थानान्तरण हुनेछ । सँगै रजातोली र दानसाँघुमै पक्की पुलको ठेक्का समेत भैसकेको छ । कुन्ना कर्णाली करिडरका जनताले दानसाँघुमा पुल नहुँदा सास्ती भोग्दै आएका छन्। 

दानसाँघु बेलिबृज बनेपछि मार्तडी कोल्टी र कर्णाली करिडोरमा साना तथा ठूला सवारी साधनहरू नियमित सञ्चालन भइ सर्वसाधारणले वर्षाैदेिख भाेग्दै आएकाे सास्ती कम हुने नगरप्रमुख बोहराले बताए ।

‎दानसाँघु खोलामा बेलिबृजकाे शिलान्यास हुँदा जिल्लाको पुर्वीउतरी क्षेत्रका स्थानीयबासीले  खुशी ब्यक्त गरेका छन् । 

सुझावित समाचार