र्‍यापर सुरेश कुँवरको नयाँ म्युजिक भिडियो सार्वजनिक

बुधबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

र्यापर सुरेश कुँवर (भिलेन– ३९)को नयाँ गीत ‘सोच’को भिडियो सार्वजनिक भएको छ। आरएनबी शैलीको उक्त गीतमा शब्द र संगीत कुँवरकै छ। 

दोलखाको धार्मिक र प्राकृतिक महत्त्व बोकेको च्छोरोल्पा ताल र दुधकुण्डलगायतका रमणीय स्थानहरूमा छायांकन गरिएको उक्त भिडियोलाई लोकेन्द्र सुब्बाले क्यामेरामा कैद गरेका हुन् भने विक्रम तिमल्सिनाले निर्देशन गरेका हुन्।

यसअघि माया, रातको निद्रा, हामी नेपाली हो लगायतका थुप्रै गीत सार्वजनिक गरिसकेका सुरेश यो गीत फरक सोचबाट गाएको बताउँछन्। त्यसैले यसको भिडियो पनि ४५८० मिटर अग्लो च्छो रोल्पा तालका साथै ४७०० मिटर अग्लो ठाउँमा अवस्थित दुधकुण्डमा छायांकन गरिएको उनको भनाइ छ।

उक्त म्युजिक भिडियो ‘भि–लेन३९’ नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सुझावित समाचार