प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई छलफलका लागि बोलाएकी छिन् । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दलहरूलाई बोलाएकी हुन् ।
सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले दलहरूलाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।