एनपिएलको पहिलो खेलमै पञ्चालले बनाए अर्धसतक

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

भारतीय ब्याटर प्रियांक पञ्चालले नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो पहिलो खेलमै अर्धसतक बनाएका छन् । मंगलबार त्रिवि क्रिकेट मैदानमा भारतीय ओपनरले चितवन राइनोजविरुद्ध २८ बलमा चार चौका र तीन छक्कासहित अर्धसतक बनाएका हुन् । 

उनले अर्धसतक बनाउँदा कर्णाली १० ओभरमा एक विकेट गुमाएर ७२ रन बनाउन सफल भएको छ । अर्का ओपनर म्याक्स ओ डाउडले ३० बलमा २० रन जोडेका छन् ।  ३५ वर्षीय भारतीय खेलाडीले पहिलोपटक एनपिएल खेलेका हुन् । दायाँहाते ब्याटरले गुजरातका लागि रणजी ट्रफी खेल्दै आएका छन् ।

See More On

सुझावित समाचार