हेटौँडामा खैरो हिरोइनसहित एक व्यक्ति पक्राउ

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका– १०, कर्राबाट खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा बुधबार साँझ करिब ८ बजे प्रहरीको मोबाइल टोलीले ३७ वर्षीय हर्कबहादुर क्षेत्रीलाई जाँच गर्ने क्रममा लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेको अवस्थामा जाँच गर्दा क्षेत्रीको साथबाट खैरो हिरोइनजस्तो देखिने सात ग्राम ५४० मिलिग्राम तौल (प्लास्टिकसहित) फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीले क्षेत्री बसेको कोठाबाट दुई थान फलामका रड पनि फेला परेको जनाएको छ । 

सुझावित समाचार