आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस– २०८२ को अवसरमा आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ। आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दुवैका विवरणका आधारमा १६ विधामा उत्कृष्ट योगदान दिने करदाताहरूलाई यस वर्ष सम्मान गरिने विभागले जनाएको छ।
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ । त्यस्तै, एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इन्टरनेसनल, वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालि, सूचना प्रविधिसम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये गर्नेमध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो ।
त्यस्तै, बैंकिङ र बिमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटेल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थामा आइएमई लिमिटेड सम्मानित भएको हो । व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ । वार्षिक कारोबारका आधारमा रु. ५० करोडदेखि रु. एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एन्ड क्लियरिङ लिमिटेड र रु. ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ ।
त्यस्तै, ०७६ सालदेखि ०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनिलिभर नेपाललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बागलुङलाई सम्मानित गरिएको छ ।
छनोट समितिको सिफारिसपछि सार्वजनिक गरिएको सूचीमा निकाय, उद्योग, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य, पर्यटन, ऊर्जा, निर्यात कारोबारदेखि लिएर व्यक्तिगत आयकर तिर्ने करदातासम्मका उत्कृष्ट नाम समावेश छन्।
आयकरतर्फ उत्कृष्ट करदाताहरू
१. निकायमध्ये – नेपाल दूरसञ्चार प्राधिकरण
२. एकलौटी फर्ममध्ये – थर्ड आइ इन्टरनेसनल
३. वस्तु निर्यातमा – डाबर नेपाल प्रा.लि.
४. सूचना प्रविधि सेवा निर्यातमा – भेरिक्स नेपाल प्रा.लि.
५. कृषि तथा पशुपन्छीजन्य उद्योगमा – पोषक ब्रिडर फार्म प्रा.लि.
६. बैंक, वित्तीय संस्था तथा बीमामा – नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि.
७. स्वास्थ्य तथा शैक्षिक संस्थामा – नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि.
८. पर्यटन व्यवसायमा – सोल्टी होटेल लिमिटेड
९. वस्तु व्यापारमा – भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.
१०. ५०–१०० करोड वार्षिक कारोबार समूहमा – सिडिएस एन्ड क्लियरिङ लि.
११. ऊर्जामूलक उद्योगमा – भोटेकोशी पावर कम्पनी प्रा.लि.
१२. रेमिटेन्स तथा मनी ट्रान्सफरमा – आइएमई लिमिटेड
१३. व्यक्तिगत रूपमा सबैभन्दा धेरै आयकर तिर्ने – राजबहादुर शाह
१४. ५० करोडसम्म कारोबार गर्ने समूहमा – एमएफ सर्भिसेज (मोरिसस) प्रा.लि.
१५. विशेष उद्योगमा – युनिलिभर नेपाल लिमिटेड
मू.अ. करतर्फ उत्कृष्ट करदाता
१६. २०७६ साउनदेखि २०८२ असार मसान्तसम्म नियमित रूपमा सबैभन्दा धेरै मू.अ. कर तिर्ने – नेपाल दूरसञ्चार कम्पनी
राष्ट्रिय कर दिवसका विशेष कार्यक्रममा यी करदाताहरूलाई आधिकारिक रूपमा सम्मान गरिएको छ।