सल्यानबाट ब्राउन सुगरसहित एकजना पक्राउ

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

सल्यान प्रहरीले ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको शारदा नगरपालिका– १ भगवती खोलाका २१ वर्षीय अर्जुन बुढाथोकीलाई १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगरसहित आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुढाथोकीले आफ्नै घरमा लुकाइछिपाई लागुऔषध राखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा सुत्ने कोठाबाट प्लास्टिकसहित १ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए।

पक्राउ परेका बुढाथोकीलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार