मोटरसाइकल दुर्घटनाका मृतकहरूको पहिचान खुल्यो

आइतबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी गाउँपालिका – १ बुङदलमा भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– २, चौकीटोल बस्ने मोटरसाइकलचालक ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासी, कावासोती– १३ घर भई हाल हेटौँडा– २, चौकीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।

बिहान करिब ७ बजे बुङदल खोलाको पुलबाट करिब ५० फिट तल बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल र अचेत मानिस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचनापछि इलाका प्रहरी कार्यालय चौकीटोलबाट प्रहरी घटनास्थल पुगेको थियो । दुर्घटनास्थलको प्रकृति हेर्दा घटना रातिको समयमा भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । 

मोटरसाइकल पश्चिम (सुपारेटार–ब्यारेक)बाट पूर्व (सामरी–धादिङ) तर्फ गइरहेको अवस्थामा दुर्घटना भएको देखिएको प्रहरीको उनको छ ।
मृतकद्वयको शव हेटौँडा अस्पताल पुर्याएपछि मृतकका परिवारले उनीहरूको सनाखत गरेको प्रहरी प्रमुख बोहोराले बताए।

सुझावित समाचार