युके र अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

शनिबार, २९ कार्तिक, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने बारा जितपुरसिमरा उपमहानगरपालिका-५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका-१३ बस्ने प्युठान गौमुखी गाउँपालिका-४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन्।

पक्राउमध्ये मनोहरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार र मेघराजले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २८ लाख लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुझावित समाचार