गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबिच शिष्टाचार भेट

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबिच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा मन्त्री अर्यालले जेन–जी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए ।

राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए।

उनले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताएका छन् ।

सुझावित समाचार