निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीनजना सहायक प्रवक्ता तोकेको छ ।
आयोगले उपसचिवहरू प्रकाश न्यौपाने, कुलबहादुर जिसी र संगीता पुन श्रीसलाई सहायक प्रवक्ता तोकेको हो । आयोगले थप गरिएका तीन सहायक प्रवक्ताको विवरण आफ्नो वेबसाइटमा समावेश गरेको छ ।
विगतका निर्वाचनमा पनि सहायक प्रवक्ताहरू थपेर निर्वाचनका सूचना र गतिविधिलाई महत्त्व दिने आयोगको अभ्यास रहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ र राष्ट्रिय सभा सदस्यको १८ सदस्यको निर्वाचन आगामी माघ ११ गतेका लागि निर्धारण गरिएको छ ।