सामाजिक सञ्जालका असम्बन्धित ग्रुपमा नबस्न प्रहरीलाई निर्देशन

शुक्रबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

सामाजिक सञ्जालका विभिन्न असम्बन्धित ग्रुपहरूमा नबस्न प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार कार्यभार सम्हालेलगत्तै यसबारे आन्तरिक सर्कुलर गर्दै प्रहरी कर्मचारीहरूलाई त्यस्ता ग्रुपहरूमा नबस्न भनिएको छ ।

असम्बन्धित पेज तथा ग्रुपहरूमा नजोडिन यसअघि पनि पटक–पटक प्रहरी प्रधान कार्यालयले भन्दै आएकोमा अहिले त्यसलाई कडाइ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

सुझावित समाचार