जनमत पार्टी विभाजन भई बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ। अदालतले बिहीबार जनस्वराज पार्टी दर्ताको निर्णयलाई बदर गरिदिएको छ।
सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको इजलासले जनस्वराज पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गरेको हो। दल दर्ता निर्णयविरुद्ध जनमतका अध्यक्ष सिके राउतले सर्वोच्चमा रिट दिएका थिए। आयोगले दीपककुमार साह अध्यक्ष रहेको जनस्वराज पार्टी दर्ता गरेको थियो।