डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ। सुदूरपश्चिम रोयल्स र डाबर नेपालबिच बुधबार काठमाडौंमा सम्झौता भएको हो।
सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए।
यस्तै, डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले साझेदारीलाई सुखद् अवसरको रूपमा लिएको बताए।