न्युजिल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- ३२ बस्ने दोलखा भीमेश्वर नगरपालिका- ८ घर भएका ४५ वर्षीय पुरुषोत्तम भण्डारी रहेका छन् ।

भण्डारीले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एकजना पीडितबाट १४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन भएपछि पीडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सुझावित समाचार