तेस्रो संस्करणको ‘पोखरा इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस’को तयारी पुरा भएको छ । २७ देखि २९ कात्तिकसम्म पोखराको आर्बा–बिजय डाँडामा हुने प्रतियोगिता १३ देशमा ७० जनाले प्रतिस्पर्धा गर्ने छन् ।
डाउन टिल डस्कको आयोजना, पोखरा महानगरपालिका–१३, कास्की जिल्ला साइक्लिङ संघको समन्वयमा रेस आयोजना भएको रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।
रेसमा नेपालसहित जर्मनी, अस्ट्रेलिया, ओमान, श्रीलंका, सिंगापुर, क्यानडा, अमेरिका, जापान लगायत १३ देशका प्रतिस्पर्धीले विभिन्न ६ विधामा सहभागीता जनाउने शर्माको भनाइ छ । उनका अनुसार इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), खुला माहिला÷पुरुष १९ वर्ष माथी, मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि) गरि ६ विधामा प्रतिस्पर्धा हुनेछन् ।
डस्कले सन् २०२० देखि पोखरामा रेस आयोजना गर्दै आएको छ । यसअघि २०८० र २०८१ मा गरि दुई संस्करण सम्पन्न भइसकेको छ ।
वनजंगल, बगर बालुवामा, बाँसघारी, खोलानाला, गोरेटोबाटोमा उडाउने गुडाउने सबै खालको मिश्रणले बनाइएको पाँच किलोमिटरको ट्रयाकमा प्रतिस्पर्धा हुनेछ । यस वर्ष शीर्ष श्रेणीका खेलाडीका लागि दुई नयाँ रेस टे«लको समेत निर्माण गरिएको डाइरेक्टर शर्माले जानकारी दिए ।
समुन्द्री सतहबाट एक हजार ६० मिटर उचाईमा रहेको आर्बा–बिजय डाँडामा प्रतियोगीहरूले रेस जित्नका लागि ६ वटा स्टेज पार गर्नुपर्ने छ । पोखरा–१३ का वडाध्यक्ष किरण बरालले रेसले पोखरालाई साइक्लिङ खेलको सहासिक र रोमाञ्चक शहरको रुपमा विश्वमाँझ परिचित गराउनुसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुरयाउने विश्वास छ ।
रेसमा उत्कृष्ट हुने प्रत्येक इभेन्टका प्रतिस्पर्धीलाई साइक्लिङ एसोसिरिज र उत्कृष्ट जम्प गर्नेलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिनेछ ।