निर्वाचन आयोगले ‘नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान’ पार्टी खारेज गरेको छ। यो वामदेव गौतम नेतृत्वको पार्टी हो।
संयोजक गौतमले उक्त पार्टी खारेज गर्न दिएको निवेदनका आधारमा पार्टी खारेज गर्ने निर्णय गरेको आयोगको कानुन तथा राजनीतिक व्यवस्थापन महाशाखा प्रमुख यज्ञ भट्टराईले जानकारी दिए।
तत्कालीन नेकपा दुई समूहमा विभाजित भएपछि गौतमले नेकपा एकीकरण अभियान घोषणा गरेका थिए। १० दल–समूह एकीकरण भई बनेको नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएपछि गौतमले सो पार्टी खारेज गर्न निवेदन दिएका थिए।